युवकले आफ्नै संवेदनशील अङ्ग काटेपछि...

हेटौंडा | साउन ३२, २०८०

युवकले आफ्नै संवेदनशील अङ्ग काटेपछि...

हेटौँडा:   हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ वर्षीय नवीन हुमागाइँले संवेदनशील अङ्ग (लिङ्ग) काटेर घाइते हुनुभएको हो । 


मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँ स्थायी ठेगाना भएका उहाँले बुधवार राति १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संवेदनशील अङ्ग काटेर उपचारका लागि उहाँ हेटौँडा अस्पताल पुग्नुभएको छ । 


अस्पतालले थप उपचारका लागि राति १२ बजे चितवन रिफर गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीलाई बयानको क्रममा उहाँले आफैँले आफ्नो लिङ्ग काटेको बताउनुभयो । 


उहाँको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटना कसरी भएको हो भन्ने बारेमा प्रहरीले अझै अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।

पोखरा:  अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ ।   ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मनहरी गाउँपालिका–६, सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्कँदा सहकर्मीको मृत्यु भएको छ । जंगलमा राक्सिराङ गाउँपालिका–८, राजराङका ४५ व...

थप पढ्नुहोस्

पोखरा:   विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा...

थप पढ्नुहोस्